प्रभास साहित्यिक समूह अबदेखि 'अलग अभियान'
निरन्तर छ साँस्कृतिक रुपान्तरणको हाम्रो अभियान
salambihani.com
alagabhiyan.blogspot.com (नेपाली साहित्यमा प्रभास साहित्यिक समूह अब अलग अभियान)
Sunday, September 26, 2010
भनेर गएथ्यो
कपिल अन्जान
क्रान्ति गर्छु भनेर गएथ्यो
एकदिन मर्छु भनेर गएथ्यो
हेर्नु दुःखको सागरबाट
तार्छु र तर्छु भनेर गएथ्यो
अँध्यारोमा बाँचेको धेरै भयो
उज्यालो छर्छु भनेर गएथ्यो
तिम्रो सपना पुरा गर्नुछ
एक्लै लड्छु भनेर गएथ्यो
फर्केन छोरो आजसम्म
नजिक पर्छु भनेर गएथ्यो
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment