सक्रिय युवा साहित्यकार तथा प्रभास साहित्यिक समूहकी साधारण सदस्य रश्मिला कवाङ `रश्मि`को पहिलो कृति `रश्मि झुल्केका रातहरु` (गजल सङ्ग्रह) प्रकाशित भएको छ । ९४ वटा गजलहरु समाविष्ट सो सङ्ग्रहको प्रकाशन पिता आसराम कवाङ र माता रामप्यारी कवाङले गरेका हुन् ।
सङ्ग्रहमा समाविष्ट अधिकांश गजलहरु उत्पीडित वर्ग, लिङ्ग, जाति र क्षेत्रको पक्षमा उभिएका छन् । सुदीप सुवालको अर्थपूर्ण आवरण र मिडिया प्लसको आकर्षक डिजाइनले सङ्ग्रहलाई थप ओजपूर्ण बनाएको छ ।
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts
Saturday, November 6, 2010
Monday, October 4, 2010
गीत अन्तरकि्रयासँगै छलफल
१६ असोजः खोटाङबाट आउनुभएका अग्रज संगीतकार भीमसेना राईको विशेष उपस्थितिमा प्रभास गीत विभागले ललितपुरमा नियमित गीत अन्तरकि्रया सम्पन्न गरेको छ । मंजु मार्मिका, नाकिमा, नदिश र विशदले आ-आफ्ना गीत पढेर सुनाएका थिए भने संगीतकार भीमसेना राईले आफ्ना सांगीतिक रचनाहरु गाउनुभएको थियो । उहाँको संगीत र वाचित रचनामाथि सबैले आ-आफ्नो धारणा राखेका थिए ।
प्रभासको पहिलो गजलसंग्रहको तयारीको लागी नदिशको संयोजकत्वमा विशद र तारा थुलुङ अथाह सदस्य रहने एउटा टिमको पनि घोषणा गरिएको थियो । साथै www.salambihani.com र वार्षिक विशेष गीत अन्तरकि्रयाबारे पनि गम्भीर छलफल चलेको थियो ।

Friday, October 1, 2010
शब्दशिखामा सिर्जना सागर
प्रभास साहित्यिक समूहको मासिक प्रकाशन शब्दशिखाको सिर्जना सागर विशेष १२ औँ अङ्क प्रकाशित भएको छ । यस अङ्कमा सिर्जना सागरका नियमित सहभागीहरुको सिर्जनाहरुका साथै सिर्जना सागर सम्बन्धी सामग्रीहरु समेटिएका छन् ।
Monday, September 27, 2010
२४औँ शृङ्खलामा सिर्जना सागर
सिर्जना सागरको २४औँ शृङ्खला सम्पन्न भएको छ । सो शृङ्खलामा हरि बहादुर कर्माचार्य, शुभराज राई,असीम भुजेल, रुपेश सिलवाल, उदिम किराती, नवराज क्षितिज, नाकिमा, केशव सिलवाल, रविन श्रेष्ठ, देव अन्जान शाह, दृश्य र मुकुन्द प्रसाद दुलालले सिर्जना वाचन गरेका थिए । वाचित सिर्जनाहरुमाथि कवि स्वप्निल स्मृतिले टिप्पणी गर्नुभएको थियो ।
Sunday, September 5, 2010
वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) सम्पन्न
१९ भाद्रः प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक विशेष गजल अन्तरकि्रया (शेर शल्यकि्रया-२) भव्यताका साथ सम्पन्न भएको छ । ललितपुर सातदोबाटोस्थित चोमोलुङ्मा प्रतिष्ठानको कार्यालयमा भएको सो कार्यक्रममा प्रभास-केन्द्रबाट नदीश, कपिल अन्जान, तारा थुलुङ 'अथाह’, नाकिमा, मंजु मार्मिका, दृश्य र विशद तथा प्रभासका साधारण सदस्यहरु रमेश स्वप्नील र रश्मिला कवाङ 'रश्मी’ को उपस्थिति थियो । त्यस्तै अतिथिको रुपमा उदिम किराती र रेणुका श्रेष्ठ सहभागी भएका थिए ।
कार्यक्रममा प्रत्यक स्रष्टाका गजलहरुमाथी सबै उपस्थित सदस्यहरुले गम्भीर रुपले आलोचनात्मक र रचनात्मक ढङ्गले आफ्ना धारणाहरु राखेका थिए । वर्गीय पक्षधरता, वैचारिक स्पष्टता, सांगीतिक छनकयुक्त लेखाई, संरचनात्मक पूर्णता, काफिया-रदिफमा कौशलता र प्रयोग इत्यादिलाई आधार मानेर सबैले आफ्ना टिप्पणी राखेका थिए ।
गजल विभाग संयोजक नदीश र सदस्य तारा थुलुङ 'अथाह’ ले पालैपालो संचालन गरेको सो कार्यक्रमको अन्तमा उदिम किरातीलाई साधारण सदस्यको रुपमा मनोनयन गरिएको थियो । उपस्थित सबै स्रष्टाहरुले गजलका विविध पक्षको चिरफार गर्न कार्यक्रम निकै सफल रहेको र कार्यक्रम समग्रमा निकै उपलब्धिमुलक भएको धारणा राखेका थिए ।

Saturday, August 28, 2010
सिर्जना सागरको २३ औं अंक सम्पन्न, आउदो शनिवार प्रभासको बृहत गजल अन्तरकि्रया हुने
१२ भाद्र । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप www.salambihani.com र अखिल नेपाल लेखक संघ, ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि., लगनखेलमा सिर्जना सागरको २३ औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका अध्यक्ष केशव सिलवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि यल्जी विवशले गर्नुभएको थियो । कार्यक्रममा १७ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
आउदो शनिवार प्रभास-गजल विभागको संयोजकत्वमा वार्षिक गजल अन्तरकि्रया 'शेर शल्यकृया-२' सम्पन्न हुदैछ । उक्त कार्यक्रममा प्रभास-केन्द्रका साथै प्रभास-बाँके, प्रभास-उदयपुरका प्रतिनिधि र प्रभासका साधारण सदस्यहरुको उपस्थिति रहनेछ ।

Monday, August 23, 2010
कविता वाचन तथा अन्तरक्रिया सम्पन्न
५ भाद्र । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा, नदीश, दृश्य, विशद र रमेश स्वप्नीलको उपस्थितिमा ललितपुर, नख्खिपोटस्थित क्रियटिभ कम्प्युटर सोलुसनको कार्यालयमा "कविता वाचन तथा अन्तरक्रिया" को भाद्र (०६७) शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सबै सहभागीले आफ्ना रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को तेइसौं श्रृङ्खला सम्पन्न हुँदैछ ।
Monday, August 16, 2010
शब्दशिखाको गजलविशेष नयाँ अङ्क
प्रभास साहित्यिक समूहको मासिक प्रकाशन शब्दशिखाको एघारौँ अङ्क प्रकाशित भएको छ । गजल विशेष यस अङ्कमा गजलसम्बन्धी नदीशको लेख, गजलसङ्ग्रह 'पलहरु'माथि विशदको टिप्पणी, कपिल अन्जान, राबत, जीवन चाम्लिङ, दिनेश डिसी, मुना निश्चल, सुवास आम्बोटेली, कोपिला थुलुङ आशुतोष, सकुन आँसु, अर्जुन बाराहाली, रमेश स्वप्निल, सम्झना भुजेल, नाकिमा, विपल बोयुङ, मञ्जु मार्मिका, लक्ष्मी अनुपम, विमला केयरलेस(चाम्लिङ भाषा), रिविन्द्र दिखुक्पा बाखाछा(वान्तावा भाषा)का गजल र नियमित स्तम्भहरु समाचारमा साहित्य र पुस्तक परिचयलगायतका सामग्रीहरु समाविष्ट छन् ।
Sunday, August 15, 2010
गद्य विशेष अन्तरक्रिया सम्पन्न
२९ श्रावण: ललितपुर, नख्खिपोटस्थित क्रियटिभ कम्प्युटर सोलुसनको कार्यालयमा प्रभास-केन्द्रको दोस्रो गद्य विशेष अन्तरक्रिया सम्पन्न भएको छ | नाकिमाले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रियामा मञ्जु मार्मिकाले संवाद, नदीशले गजलसम्बन्धि लेख, विशदले लघुकथा, नाकिमाले पारिजात सम्बन्धि आलेख वाचन गर्नुभएको थियो | तारा थुलुङ 'अथाह'ले भने मुक्तक सुनाउनुभएको थियो | सबैजनाले वाचित रचनाबारे आफ्नो टिप्पणी पनि प्रस्तुत गरेका थिए | कार्यक्रमको अन्तमा समूहका विविध
विषयमा छलफल भएको थियो | आगामी शनिवार कविता अन्तरक्रिया सम्पन्न हुदैछ |
विषयमा छलफल भएको थियो | आगामी शनिवार कविता अन्तरक्रिया सम्पन्न हुदैछ |
Tuesday, August 3, 2010
गीत अन्तरक्रिया सम्पन्न
मिति २०६७-साउन-१५ गते शनिबार प्रभास साहित्यिक समूह अन्तर्गत गीत विभागको आयोजनामा गीत वाचन र अन्तरक्रिया सम्पन्न भयो । सलामबिहानी डट कम, प्रभास सदस्य फारम, आर्थिक, गजल अन्तरक्रियाको विषयमा सामान्य छलफलकासाथ टुङ्गिएको उक्त बसाइमा नाकिमा, नदीश, मञ्जु मार्मिका, तारा थुलुङ 'अथाह' को उपस्थिति थियो
Sunday, July 25, 2010
२२ औं अंकमा 'सिर्जना सागर'
श्रावण ८-अखिल नेपाल लेखक, संघ ललितपुर र www.salambihani.com ले हरेक महिनाको दोस्रो शनीवार, लगनखेलमा सँगै आयोजना गरिरहेको कार्यक्रम 'सिर्जना सागर'ले आफ्नो २२ औं अंक पुरा गरेको छ । कवि हरि ब. कर्माचार्यको अध्यक्षतामा भएको साहित्यिक सिर्जना सुन्ने/सुनाउने सो कार्यक्रममा तिलक चाम्लिङ, अमोघ काफ्ले, कमल नियोन, केशव सिलवाल, विमला केयरलेस, तामन राई, नाकिमा लगायतका २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको संचालन कवि दृश्यले गरेका थिए ।
Tuesday, July 13, 2010
नियमित छलफल सम्पन्न
२६ असार । प्रभास केन्द्रको नियमित कार्यक्रम अन्तर्गत यो शनिवार पाटनढोकामा चियापानसँगै समूहको आगामि कार्यदिशावारे छलफल भएको छ । साधारण सदस्यता वितरणलाई गती दिने, वार्षिक गजल विशेष अन्तरक्रिया अन्तर्गत 'शेर शल्यक्रिया-२’ का लागी अन्तिम तयारीमा जाने, www.salambihani.com मा समूह परिचय अपडेट गर्ने इत्यादि महत्वपूर्ण निर्णय गर्दै उक्त छलफल टुङ्गिएको थियो ।
Saturday, July 10, 2010
गीत वाचन/अन्तरकि्रया सम्पन्न
source: http://visitprabhas.blogspot.com/
१९ असारः प्रभास, केन्द्रको नियमित 'गीत वाचन तथा अन्तरक्रिया' कार्यक्रम पुल्चोक ईन्जिनियरिङ्ग कलेजको प्रांगणमा गत शनिवार सम्पन्न भएको छ । प्रभास, खोटाङकी सल्लाहकार विमला केयरलेश तथा उदयमान संगीतकार सोनाम बज्यू तामाङ विशेष अतिथी रहेको उक्त कार्यक्रममा सदस्यहरु नाकिमा, नदीश, मंजु मार्मिका, दृश्य र विशदको उपस्थिती रह्यो । उपस्थित समपूर्ण स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गर्नुका साथै वाचित सबै रचनामाथी आफ्नो धारणा व्यक्त गरेका थिए । आउदा कार्यक्रममा सैद्धान्तिक बहसलाई पनि घनिभूत बनाउने प्रतिबद्धताका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Saturday, June 26, 2010
२१औं श्रृङ्खलामा 'सृजना सागर'
ललितपुर १२ असारः सिर्जना सुन्ने र सुनाउने नियमित मासिक साहित्यिक कार्यक्रम 'सृजना सागर' को २१औं गद्यविशेष श्रृङ्खला ललितपुरमा सम्पन्न भएको छ । www.salambihani.com र अखिल नेपाल लेखक संघ, ललितपुरको संयुक्त आयोजनामा विगत २१ महिनादेखि लगनखेलको नमुना उ. मा. बि. मा संचालन भइरहेको सो कार्यक्रम उपत्यकाका उदयमान सर्जक तथा राष्ट्रिय स्तरका स्रष्टाहरुको मिलनकेन्द्रको रुपमा अघि बढिरहेको छ ।
कवि हरि ब. कर्माचार्यको सभापतित्वमा सम्पन्न २१ औं श्रृङ्खलामा विश्वदर्शन, रमेश स्वप्निल, विशद, दृश्य लगायतका स्रष्टाहरुले लघुकथा सुनाएका थिए भने तिलक चाम्लिङ्ग, लक्ष्मी, नवराज क्षितिजलगायतका केहि स्रष्टाहरुले कविता पनि वाचन गरेका थिए र त्यस्तै गायक/संगीतकार सोनामले तारा थुलुङ 'अथाह' द्धारा रचित र आफैले सङ्गित भरेको गीत गाउनुभएको थियो । कवि नाकिमाले संचालन गरेको सो कार्यक्रम भानुभक्त एफ. एम. का कार्यक्रम संचालन देव 'अन्जान'ले वाचित रचनामाथि सटिक टिप्पणी राखेलगत्तै समापन भएको थियो ।
हरेक महिनाको दोस्रो शनिवार ११ बजे संचालन हुने 'सृजना सागर' को २२ औं अंक आगामी साउन ८ गते सोहि स्थानमा सम्पन्न हुदैछ । सबै श्रृङ्खलामा वाचित रचनाहरुमध्येबाट छनोटमा परेका सृजनाहरु समेटेर सङ्ग्रह निकाल्ने तयारीमा रहेको बताउदै आयोजकले सबै ईच्छुक सर्जक तथा स्रोताहरुलाई आगामी अंकहरुमा उपस्थितीको लागि आह्वान समेत गरेका थिए ।

Sunday, June 20, 2010
'कविता वाचन तथा अन्तरक्रिया' को असार अंक सम्पन्न
५ असार । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा, तारा थुलुङ 'अथाह', नदीश, दृश्य र विशदको उपस्थितिमा "कविता वाचन तथा अन्तरक्रिया" को असार (०६७) शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सबै सहभागीले आफ्ना
रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को एक्काइसौँ श्रृङ्खला सम्पन्न हुँदैछ ।
रचना वाचनका साथै एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार लगनखेलमा 'सिर्जना सागर' को एक्काइसौँ श्रृङ्खला सम्पन्न हुँदैछ ।
Saturday, June 12, 2010
गद्य सिर्जना वाचन तथा अन्तरक्रिया सम्पन्न
२९ जेठ । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह, केन्द्रको संयोजनमा सदस्यहरु नाकिमा, मंजु मार्मिका, दृश्य, विशद र नदीशको उपस्थितिमा "गद्य सिर्जना वाचन तथा अन्तरक्रिया" को पहिलो शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा नाकिमा र दृश्यले लघुकथा, त्यस्तै विशदले कथा, नदिशले निबन्ध र मंजु मार्मिकाले 'विपल बोयुङ'को पत्रसाहित्य वाचन गर्नुभएको थियो । वाचनपछि सबै सहभागीले एकअर्काका रचनामाथी रचनात्मक टिप्पणी राखेका थिए । आगामी शनिबार 'कविता वाचन तथा अन्तरकि्रया' सम्पन्न हुँदैछ ।
Saturday, June 5, 2010
गजल वाचन तथा अन्तरक्रिया सम्पन्न
२२ जेठ । नियमित कार्यक्रम अन्तरगत प्रभास साहित्यिक समूह केन्द्र गजल विभागको संयोजनमा सदस्यहरु तारा थुलुङ 'अथाह', नाकिमा, मंजु मार्मिका र नदीशको उपस्थितिमा "गजल वाचन तथा अन्तरक्रिया" को तेस्रो शृङ्खला सम्पन्न भएको छ । आगामी शनिबार गद्य वाचन तथा अन्तरकि्रया सम्पन्न हुँदैछ ।
Sunday, May 30, 2010
केन्द्रमा गीत अन्तरक्रिया खोटाङमा सिर्जना सागर
त्यसैगरी प्रभास खोटाङले पनि सिर्जना सागरको तेस्रो शृङ्खला सम्पन्न गरेको छ । सो शृङ्खलामा १५ जना स्रष्टाहरुको सिर्जना वाचन गरेका थिए । वाचित सिर्जनाहरुको समीक्षा साहित्यकार शरण खत्री मृदुलले गर्नुभएको थियो ।
Saturday, May 22, 2010
२० औँ श्रृङ्खलामा सिर्जना सागर
८ जेठ । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप प्रभास साहित्यिक समूह र अखिल नेपाल लेखक संघ ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि लगनखेलमा सिर्जना सागरको २० औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना चोटिला सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका उपाध्यक्ष हरिबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि मंजु मार्मिकाले गर्नुभएको थियो भने वाचित सिर्जनाहरुको टिप्पणी कवि केशव सिलवालले गर्नुभएको थियो । कार्यक्रममा २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
Sunday, May 16, 2010
जेठ २२ मा 'शेर शल्यकि्रया-२'
०१ जेठ । प्रभास साहित्यक समूह केन्द्रको आयोजनामा निरन्तर रुपमा हुँदै आइरहेको आन्तरिक कार्यक्रम अन्तर्गत कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा, तारा थुलुङ "अथाह", दृष्य, मंजु मार्मिका, रमेश स्वप्निल, विशद र नदीशको उपस्थितिसहित "कविता वाचन तथा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भयो । कार्यक्रम पश्चात बसेको बैठकले प्रभास साहित्यिक समूहमा १० जना साधारण सदस्यहरु थप गर्ने निर्णय गर् यो । यसको साथै बैठकले आगामी जेठ २२ गते 'शेर शल्यक्रिया-२' शीर्षकमा एक व्यापक एवम् व्यवस्थित गजल अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ । प्रभासले २०६५ माघमा 'शेर शल्यक्रिया-१' आयोजना गरेको थियो ।
Subscribe to:
Posts (Atom)