Showing posts with label समूह परिचय. Show all posts
Showing posts with label समूह परिचय. Show all posts

Monday, July 19, 2010

समूह परिचय

सलाम बिहानी

रातो कलमको हो धारिलो धार यो
चिर्नुछ अँध्यारो, यो प्रभासी संघार हो
रक्तिम किरणमा जन्माउँदै सपनी
क्षितिज भन्दैछ-'सलाम बिहानी’ ।

अनन्त यात्रामा डटी बढ्नेछ
ताराको बस्ती यो बोकी हिँड्नेछ
छ काँडाको बाटो, यो हिँड्छ तैपनि
धर्ती सुसेल्दैछ-'सलाम बिहानी’ ।

समाजको चित्र छ कलापहरमा
एक संसारको सचेत, चेतनालहरमा
वर्गीय मुक्तिलाई जोडले पुकारी
योद्धा बोल्दैछ-'सलाम बिहानी’ ।

सीमाको त्यो कालो जङ्गेपिलर ढलाउन
माटो जोगाउन, रातो किनारा बनाउन
जगाउँदैछ देश सुन ए ठुले-सानी
नेपाली भन्दैछ-'सलाम बिहानी’ ।

ब्वाँसाको बस्ती जलाउनैछ बाँकी
समताको संसार बनाउनैछ बाँकी
साँस्कृतिक रुपान्तरण अभिभारा ठानी
प्रभास बोल्दैछ-'सलाम बिहानी’ ।

प्रभास समूह