-नाकिमा
मेरो जीवनको मुहानमेरो सपनाको बिहान
ओ छिरिबुङ !
घाउ थियो मनमा, जो बल्झिरहन्थ्यो
जीवन थियो भीरमा, त्यो अल्झिरहन्थ्यो
मुटुको टुक्रा मान्थ्यौ
जिउने आधार ठान्थ्यौ
ओ छिरिबुङ !
खालि रहेछ जन्म, जीवन भरिदियौ
फूल त रहेछ जीवन, आखिर झरिदियौ
तिम्रो स्नेहले डोर्याइरहेछ
तिम्रो बास्नाले पछ्याइरहेछ
ओ छिरिबुङ !
*सुनाखरी फूल
No comments:
Post a Comment