-विपल वसन्त
गन्तव्य त्यो नछोई अबफर्कन्न त्यो राते
स्वीकार हर पराजयको
गर्दैन त्यो राते ।
खोसेर गाँस लुटेको मस्ती
त्यो भासभित्र डुबाई बस्ती
बस्ती र गाँस नफिरेसम्म
फर्कन्न त्यो राते
गरिबमाथि शोषण-दमन
मान्दैन त्यो राते ।
बन्याथ्यो कैले गाँस लहरा
पुग्याथ्यो कैले बास पहरा
मिर्मिरेसँगै लालीमा लिई
झुल्किन्छ त्यो राते
कसैको शिरमा कसैको पाउ
सहदैन त्यो राते ।
No comments:
Post a Comment