-ध्रुवसत्य
मेरो देश हरायो आमा ! म देश खोज्दा हराएँशान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ
कता-कता भरोसा लाग्दथ्यो छ एक सत्य माटो
यो अभिशाप धर्म र जात कसले ल्यायो फाटो ?
मेरो जात हरायो आमा ! म जात खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ
धर्मयुद्ध, गृहयुद्ध, सीमायुद्ध जहाँ जे चल्छ
छैन मूल्य मान्छेको सिपाही ढल्छ, विद्रोही जल्छ
मानवता हरायो आमा ! म मान्छे खोज्दा हराएँ
शान्तिलाई प्रेम छदैछ तर क्रान्ति मन पराएँ
No comments:
Post a Comment