विपल बोयुङ
लुम्बिनीमा राल झार्ने तिनै पारी गाँउलेदसगजामा सीमा सार्ने तिनै पारी गाँउले
भाई बनी ढेपिंदै छ भित्र स्वार्थ लुकाई
तराई-पहाड फटो पार्ने तिनै पारी गाँउले
आफ्नै आँगन पनि हाम्रो थियो भाछ आज
सिकिम-टिस्टा पारी सर्ने तिनै पारी गाँउले
डुलाउछन् कुटिल नजर हाम्रै सम्पदामा
मित्र बनी मुक्का मर्ने तिनै पारी गाउँले
हिमनदीको छालपनि कैद गर्न खोज्छ
मध्यरातमा खोला बार्ने तिनै पारी गाँउले
साबधान ए योद्धाहरु कान खोलि सुन
बहादुर लाई जुवा नार्ने तिनै पारी गाँउले
No comments:
Post a Comment