- लक्ष्मी अनुपम
देशमा अझै युद्ध चर्के बन्दुकको लाम लाग्दैन रसुन्दर शान्त स्वच्छ नेपाल तिमीलाई काम लाग्दैन र ?
नेताजन होसियार किन कुर्सी तानातान छ
महङ्गी झन् बढाउँदा तिमीलाई दाम लाग्दैन र ?
सडक बन्द पसल बन्द बाटो पनि गर्छौ बन्द
नेपाल बन्द हड्ताल गर्दा तिमीलाई जाम लाग्दैन र ?
कति हिँड्ने घुम्म मन, पीडाहरु लुकाएर
सर्वहारा सबै हाँसे यहाँ घाम लाग्दैन र ?
No comments:
Post a Comment