-विपल बोयुङ
कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रोघुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो
घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा
धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो
विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि
तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो
गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा
दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो
जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ
धेरै ब्याज पकाउने तिम्रो त सावै राम्रो
No comments:
Post a Comment