त्यसैगरी प्रभास खोटाङले पनि सिर्जना सागरको तेस्रो शृङ्खला सम्पन्न गरेको छ । सो शृङ्खलामा १५ जना स्रष्टाहरुको सिर्जना वाचन गरेका थिए । वाचित सिर्जनाहरुको समीक्षा साहित्यकार शरण खत्री मृदुलले गर्नुभएको थियो ।
Sunday, May 30, 2010
केन्द्रमा गीत अन्तरक्रिया खोटाङमा सिर्जना सागर
Friday, May 28, 2010
चम्किला मानवहरु
- विष्णु नेम्वाङ सुब्बा
लखन थापाजन्म - १८९१
मृत्यु - १९३३
गंगालाल श्रेष्ठ
जन्म - १९७५
मृत्यु - १९९७
कृष्ण सेन इच्छुकु
जन्म - २०१३
मृत्यु - २०५९
र अझै
थुप्रै युगमानवहरु
जो
मरेर पनि
पटक-पटक जन्मिरहेछन्
जन्म-मृत्यु
पकृतिकै अकाट्य नियम हो रे
अहँ
कदापि मान्दिन म
यो झूटा नियम !
भर्खर मात्र फक्रे
- रस्मिला कवाङ 'रश्मि'
भर्खर मात्र फक्रे म चारैतिर छाउन बाँकी छजीवनगीत स्वच्छन्दले गाउन बाँकी छ
सङ्घर्षका पलहरु सम्झदा दरिलो बन्छ मन
सामना गरी सगरतिर धाउन बाँकी छ
तन मन र धनले बिराएँ यो अमरभूमि
हर मोड र पाइलामा सन्तुष्टि पाउन बाँकी छ
हतार नगर साथी हेर बढ्नुपर्छ अगाडि
शङ्खघोषले विजयी-टीका लाउन बाँकी छ
शिशिर-हेमन्तको उजाड कतिजेल टिक्छ र
हर खुसी-वर्षात् ल्याउने साउन बाँकी छ
Wednesday, May 26, 2010
माली रोयो अरे
- सर्गमञ्जरी
भुल्यौ कि त घौयाबारी आली रोयो अरे
ढिडो लिटो लोट्याएको थाली रोयो अरे
गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रोयो अरे
बाझिएछ चर्किएछ रुखिएको धर्ती
हास्दैनन् रे घुर् यान गैह्रा फाली रोयो अरे
बेखबर बेघरबार बाँच्नुपर्दा बर्षौ सम्म
गोडमेल गरि जोगाउने माली रोयो अरे
लिलामीको तमासुक बुइगल चढे पछि
पुष माघको शीत छेक्ने पाली रोयो अरे
ढिडो लिटो लोट्याएको थाली रोयो अरे
गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रोयो अरे
बाझिएछ चर्किएछ रुखिएको धर्ती
हास्दैनन् रे घुर् यान गैह्रा फाली रोयो अरे
बेखबर बेघरबार बाँच्नुपर्दा बर्षौ सम्म
गोडमेल गरि जोगाउने माली रोयो अरे
लिलामीको तमासुक बुइगल चढे पछि
पुष माघको शीत छेक्ने पाली रोयो अरे
Saturday, May 22, 2010
सपना
- रमेश स्वप्निल
सपनासपना नै हुन्छ
जबसम्म पूरा हुँदैन ।
डोकोमा दूध दुहुनेहरु
वा
आकाशमा खेती गर्नेहरु
कहिल्यै
सपनाको नजिक पुग्दैनन् ।
कुनै सपनाहरु
आगोको लप्काजस्ता
धारिला र तेजिला हुन्छन्
त
कुनै सपनाहरु
साँझ नपर्दै झर्ने फूलजस्ता
कोमल र नरम हुन्छन् ।
किन-किन
मलाई त
आगो बोकेको सपना नै मनपर्छ ।
हाम्रो सम्पूर्ण जिन्दगी
लगभग
एउटा सपना हो ।
२० औँ श्रृङ्खलामा सिर्जना सागर
८ जेठ । सिर्जनाका माध्यमबाट समाजलाई परिवर्तन गर्ने उद्देश्यानुरुप प्रभास साहित्यिक समूह र अखिल नेपाल लेखक संघ ललितपुरको संयुक्त आयोजनामा नमूना मछिन्द्र उ.मा.वि लगनखेलमा सिर्जना सागरको २० औँ श्रृखला सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना चोटिला सिर्जनाहरु प्रस्तुत गरेका थिए । अखिल नेपाल लेखक संघ ललितपुरका उपाध्यक्ष हरिबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कवि मंजु मार्मिकाले गर्नुभएको थियो भने वाचित सिर्जनाहरुको टिप्पणी कवि केशव सिलवालले गर्नुभएको थियो । कार्यक्रममा २५ जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको थियो ।
Wednesday, May 19, 2010
सारस र हामी
-विशद
हवाईजहाज चढेर आउछन्अथवा खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
'अतिथी देवो भवः'
थुक्कः हामीहरु !
सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !
सारसहरु निष्फिक्री छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउछौं
थुक्कः हामीहरु !
सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुनी
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !
यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौ
सडकझैं गतिशील
थुक्कः हामीहरु !
Sunday, May 16, 2010
जेठ २२ मा 'शेर शल्यकि्रया-२'
०१ जेठ । प्रभास साहित्यक समूह केन्द्रको आयोजनामा निरन्तर रुपमा हुँदै आइरहेको आन्तरिक कार्यक्रम अन्तर्गत कविता विभागको संयोजनमा सदस्यहरु नाकिमा, तारा थुलुङ "अथाह", दृष्य, मंजु मार्मिका, रमेश स्वप्निल, विशद र नदीशको उपस्थितिसहित "कविता वाचन तथा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भयो । कार्यक्रम पश्चात बसेको बैठकले प्रभास साहित्यिक समूहमा १० जना साधारण सदस्यहरु थप गर्ने निर्णय गर् यो । यसको साथै बैठकले आगामी जेठ २२ गते 'शेर शल्यक्रिया-२' शीर्षकमा एक व्यापक एवम् व्यवस्थित गजल अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ । प्रभासले २०६५ माघमा 'शेर शल्यक्रिया-१' आयोजना गरेको थियो ।
दिन कसरी कटाउलान्
- श्रवन खनाल
दिन कसरी कटाउलान् खै ? सर्वहाराले
के गरी खर्च चलाउलान् खै ? सर्वहाराले
कतिन्जेल चल्छ जीवन रित्तो छानोमुनि
कहिले घर बनाउलान् खै ? सर्वहाराले
दुई छाक खाना हुन्न, विचराले कसो गरी
बालबच्चा हुर्काउलान् खै ? सर्वहाराले
हेपिएर, चेपिएर कहिलेसम्म पो
जीवन आफ्नै जलाउलान् खै ? सर्वहाराले
के गरी खर्च चलाउलान् खै ? सर्वहाराले
कतिन्जेल चल्छ जीवन रित्तो छानोमुनि
कहिले घर बनाउलान् खै ? सर्वहाराले
दुई छाक खाना हुन्न, विचराले कसो गरी
बालबच्चा हुर्काउलान् खै ? सर्वहाराले
हेपिएर, चेपिएर कहिलेसम्म पो
जीवन आफ्नै जलाउलान् खै ? सर्वहाराले
शब्दशिखाको पारिजात विषेश अङ्क

Wednesday, May 12, 2010
नखाएरै टारे साझ
- मंजु मार्मिका
वेदनाले छाती दुख्यो आशु मैले झारे आज
आधा पेट सधै बस्थे नखाएरै टारे साझ
होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज
लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज
कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज
आधा पेट सधै बस्थे नखाएरै टारे साझ
होइन मेरो चाहना नि मिठै खाने रामै लाउने
अन्नको त कुरा के र पानी सम्म बारे आज
लालाबाला भोकाएर रुदै हिड्छन सँगै
दिन केही नसके नी झनै नजिक सारे आज
कस्को खेल भनौ मैले जीवन बित्यो यसै
मान्छे कै पो खेल रैछ लाजले नजर झारे आज
Tuesday, May 11, 2010
प्रभास उदयपुरद्वारा कविता अन्तरक्रिया सम्पन्न

भरियाको जीवन
- किशोर चाम्लिङ
बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन
अथाह अब केन्द्रीय सदस्य
Thursday, May 6, 2010
बलत्कारी बन्दुकहरु
- नाकिमा
केही वर्षअघिभैरवगणमा
चुसेर कैयौं राता फूलहरुलाई
पुरिदिए शिवपुरी जङ्गलमा
एक ब्यारेक बन्दुकहरुले
पोहोर साल
बेलबारीमा
एउटा आदिवासी फूललाई
किचिमिचि पारी निलिदिए
केही बन्दुकहरुले
यो पटक
सुर्खेतमा
तीन बोट दलित फूलहरुलाई
दलदाल गरी चुँडाई फालिदिएका छन्
फेरि बन्दुकहरुले
कसरी हुनसक्छन् फूलहरु सिकारी ?
किन ख्वाइरहनुभएको छ भात
ती बलत्कारी बन्दुकहरुलाई ?
बेचिसक्नुभो तपाइँले आफ्नो मुटु ?
प्रश्नमाथि प्रश्न गरिरहेछन्
पत्रकारका आँखाहरु
निरुत्तर हुनुहुन्छ
रक्षामन्त्रीज्यू
Tuesday, May 4, 2010
प्रकाश हो पारिजात
- तारा थुलुङ 'अथाह'
वाङमयको फराकिलो आकाश हो पारिजात
सिर्जनामा विविधताको आभाष हो पारिजात
मृत्युसँगै सकिजाने विना अस्तित्वकी होइन
कालझैं बाँचिरहने मधुमास हो पारिजात
युगले सधै हेर्न पाउने निमुखाले फेर्न पाउने
स्वस्थ सफा र दीर्घ निश्वास हो पारिजात
दासत्वलाई तोड्ने मुक्तियुद्धलाई रोज्ने
प्रतिनिधि नारीहरुको प्रकाश हो पारिजात
सिर्जनामा विविधताको आभाष हो पारिजात
मृत्युसँगै सकिजाने विना अस्तित्वकी होइन
कालझैं बाँचिरहने मधुमास हो पारिजात
युगले सधै हेर्न पाउने निमुखाले फेर्न पाउने
स्वस्थ सफा र दीर्घ निश्वास हो पारिजात
दासत्वलाई तोड्ने मुक्तियुद्धलाई रोज्ने
प्रतिनिधि नारीहरुको प्रकाश हो पारिजात
Subscribe to:
Posts (Atom)